नक्कली डिएसपी पक्राउ – Nagarikabhiyan : National News

नक्कली डिएसपी पक्राउ

काठमाडौं । आफूलाई प्रहरी नायव उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा एसके ढुंगानालाई पक्राउ गरेको हाे ।

ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंगानाले आफु प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै, उनले आफूलाईमेडिकल डाइरेकटरएसके ढुङ्गना बताउँदै तारकेश्वर नगरपालीकामा भिक्टोरिया फार्मेसी पनि सञ्चालन गर्दै आएका थिए।

उनको साथबाट  नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफर्म लगाएका फोटा ३, प्रहरी नायब उपरीक्षकको यूनिफर्म १, प्रहरीको जर्सि १ र मोबाइल सेट १ थान बरामद गरिएको छ।