स्याङ्जामा फेरि थपियो लकडाउन, सरकारी कामका लागि मात्रै बैंक खुल्ने – Nagarikabhiyan : National News

स्याङ्जामा फेरि थपियो लकडाउन, सरकारी कामका लागि मात्रै बैंक खुल्ने

स्याङजा । स्याङ्जामा असार ७ गतेसम्मका लागि लकडाउन थप गरिएको छ । आवश्यक सामग्री खरिद बिक्रीका लागि दैनिक दुइै घण्टा लम्ब्याउँदै पुनः लकडाउन थप गरिएको हो ।

स्याङ्जामा कोरोना संक्रमण बढ्ने दर कायमै रहेको जनाउँदै लकडाउनको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

यसअघि वैशाख २१ देखि जारी लकडाउन चौथो पटकसम्म निरन्तर लकडाउन थप गरिँदै गएको हो ।

लकडाउनको अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग तथा वित्तीय स्थाहरुले कार्यालयमा मात्रै स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गर्न सकिने भएको छ ।

खाद्य सामाग्री खरिद बिक्रीका लागि बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्ला राखिने निर्णय भएको छ । यसअघि ९ बजेसम्म मात्र थियो ।

औषधिजन्य सामग्री र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन समेत प्रशासनको आग्रह छ। मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।