समूहद्धारा स्थानीय तहको अनुमगन
३१ जेष्ठ २०७८, सोमबार ११:१०
सुनसरीमा गठन भएको जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूहले नागरिकको अवस्था र कोरोन संक्रमित राखेको आईसोलेसन केन्द्रहरुको अनुगमन गरेको छ । समूहले नागरिकको गुनासो सुन्ने र कारोना संक्रमित तथा संक्रमित परिवार तथा पीडितको अधिकार रक्षाको वकालत गर्दै कोरोनाबाट बच्ने उपायका बारेमा सचेतनामुलक अभियान समेत गर्दै आएकोमा अनुमगन गरेको हो । समूहले नागरिकलाई प्रत्यक्ष रुपमा भेटघाट र स्ंवास्थ्य संस्थामा अनुमगन गरिएको संयोजक मेघराज न्यौपानेले जानकारी दिनुभयो । अनुगमनका क्रममा सरोकारबालाहरु सहित स्वास्थ्य संस्थामा औषधी आभाव र स्वास्थ्यकर्मीमा ढिला सुस्ती रहेको पाइएको छ ।
समूहले दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका सहित १२ वटै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा निशुल्क भनिएको औषधी प्रयाप्त नभएको अनुगमनको क्रममा देखिएको जनाएको छ ।
समूहले हरिनगर र देवानगञ्ज गाउँपालिकाको १ देखी ७ नम्बर वडासम्मका प्रत्येक वडाका नागरिक सरोकारबालाहरुसंग निषेधाज्ञाको अवस्था, त्यसको असर र आईसोलेसनमा बसेको शिलसिलामा भोगेको भोगाईको बारेमा अध्ययन गरेको छ । समूहले १२ पालिकाको १२४ वटै वडामा जिम्मेबार निकायलाई जवाफदेही बनाउने र सकारात्मक सुझावका साथ सरकारको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा सहयोग, सहकार्य र संयोजन तथा समन्वय गर्ने पुलको रुपमा काम गर्ने क्रममा दुई पालिकामा अनुमगन गरेको हो । न्यौपानेका अनुसार यस समूहले कोरानाको असर मानव सहित मानव समुदायमा शिक्षा, स्वास्थ्य, खाध्य, रोजगार, जनजिवनको बारेमा जानकारी सहितको अध्ययन गर्ने र सम्बन्धीत निकायलाई ध्यानाक्रर्षण गराउने अभियान थालेको हों ।
सोही क्रममा हरिनगर र देवानगञ्जमा अनुगमन गरिएको हो । समूहले गरेको अनुगमन, संक्रमित, संक्रमितका परिवार र स्थानीय सरोकारबालाहरु तथा सरकारी निकायका सेवाग्राहीहरुसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता लिने क्रममा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा, शिक्षा शाखा सहित विभिन्न शाखा तथा निकायहरु, कोभिड १९ अस्पताल, आईसोलेसन, होम आईसोलेसन सहित वडामा वडा अध्यक्षहरु, सदस्यहरु, विभिन्न विषयगत शाखाहरु, राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरु,गर्भवती महिला तथा किसोरी समूहका सदस्यहरु तथा कृषि र कृषक समूहको स्थिती बारेमा जानकारी लिएको छ । जनप्रतिनिधि समेतको सहभागितामा अवकोलन, अध्ययनर र अनुगमन गरिएको र कोभिड १९ को सवालहरुको सम्बोधन गर्न आवश्यक कुराहरु पुर्ती गर्न सरोकारबाला निकायलाई आग्रह समेत गरिएको थियो । समूहले हरिनगरका अध्यक्ष गफार असांरी मियाँ , उपाध्यक्ष रिमझिम भगत , वडा अध्यक्ष नसिर खाँ सहित देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत चुडामणी गुरागाईसंग भेटभाट गरेको गरेको थियो । अनुगमनमा समूहका जिल्ला संयोजक मेघराज न्यौपाने, सदस्यहरु उषकिरण घिमिरे भट्टराई, रविन घिमिरे, रफुल अंसारी र जयकृष्ण यादव सहितको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया