सिाचाई सुबिधाका लागि बिद्युतीय मोटर बितरण – Nagarikabhiyan : National News

सिाचाई सुबिधाका लागि बिद्युतीय मोटर बितरण

राजविराज । कोरोना भाइरसका कारण प्रभावित रहेको एक कृषक समुहलाई आज यहाा सिचाई सुबिधाका लागि बिद्युतीय मोटर बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा तथा सेभ द सप्तरीको सााझेदारीमा सप्तरीको राजविराजमा दुई हाउर्सका बिद्युत मोटर लक्षमी कृषक समूहलाई सेभ द सप्तरीका सचिव नरेन्द्र यादवले समुहकी अध्यक्ष सीतादेवी सदालाई प्रदान गर्नुभयो ।
करिब रु १३ हजार मुल्य बराबरको बिद्युत मोटर जिल्लाको छिन्नमस्ता गाउापालिका वडा नं. ७ हाटीका १९ जना शेयरसदस्य रहेको लक्ष्मी कृषक समूहलाई प्रदान गरिएको सेभ द सप्तरीका कृषी प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो ।
कृषि प्राबिधिक साहका अनुसार कोरोना माहामारीका कारण प्रभावित रहेका कृषकहरुलाई सहयोग हुने साथै तरकारी बालीमा खेतमा समेत पानी पटाउन र सिाचाई गर्नको लागि बिद्युत मोटर दिएको हो ।
यसअघि पनी डिजेलबाट चल्ने पोम्पी सेट लक्षमी कृषक समूहलाई प्रदान गरिएको थियो ।
अहिले कोरोनाको माहामारीमा डिजेल,मटितेलको अभाव हुने भएको हुनाले बिद्युत मोटर प्रदान गरिएको जानकारी दिदै यस मोटरबाट करिब ३ बिगाहमा कृषक समुहले लगाएको तरकारीबालीमा सजिले संग कृषकहरुले सिचाई गर्न सकिने कृषि प्राबिधिक रामकुमार साहको भनाई छ । बिद्युत मोटर बितरण समहारोमा सेभ द सप्तरीका सचिव नरेन्द्र यादव,कृषि प्राबिधिक रामकुमार साह,फिल्ड अधिकृत बिदया मण्डल र लक्षमी कृषक समूहकी अध्यक्ष सीता देवी सदा लगायतका उपस्थिति रहेको थियो ।