बादलले श्रीमतीलाई मन्त्री बनाएर छाडे – Nagarikabhiyan : National News

बादलले श्रीमतीलाई मन्त्री बनाएर छाडे

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए।

सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन्। पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी दिएका छन्। बालुवाटार स्रोतका अनुसार थापा गृहमन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि उनकै सिफारिसमा प्रधानमन्त्री ओलीले श्रीमती थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाएका हुन्।

नयाँ थपिने मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (वादल पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।