सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८ पुग्यो – Nagarikabhiyan : National News

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८ पुग्यो

कैलाली । सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो ।

नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका(५ का हुन् ।

यस्तै डोटीको पूर्वीचौकी(४ का २२ वर्षीय युवक र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ ।

नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।