एकैपटक १० शिशु जन्माएर यी महिलाले राखिन् विश्व रेकर्ड – Nagarikabhiyan : National News

एकैपटक १० शिशु जन्माएर यी महिलाले राखिन् विश्व रेकर्ड

एजेन्सी । दक्षिण अफ्रिकी एक महिलाले एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। डेलीमेलका अनुसार पहिले नै जुम्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सिथोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन।

एकैपटक १० सन्तान जन्माएर उनले विश्व रेकर्ड बनाउन सफल भएकी हुन। नवजात शिशुहरुको अवस्था सामान्य रहेको बताइएको छ। यसअघि एक महिना अगाडि मोरक्कोकी एक महिलाले एकै पटक नौ बच्चा जन्माएर रकेर्ड रोखकी थिइन्।