देवानगंजबाट अबैध रकम सहित दुई जना पक्राउ – Nagarikabhiyan : National News

देवानगंजबाट अबैध रकम सहित दुई जना पक्राउ

देवानगंज ।  सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ साहेवगञ्ज नाकाबाट स्रोत नखुलेको १४ लाख २५ हजार रकम सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा साहेवगञ्ज  बसने रोशन कुमार शाह र बिनोद शाह रहेको छन् ।

आज बिहान ११  बजे साहेवगञ्ज स्थित बुढी खोलाको पुलमा साहेबगञ्ज बि।ओ। पि बाट शस्त्र प्रहरी निरिक्षक मनोज बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले चेक जाचँ गर्दा हिरो होण्डा बाईकमा रकम सहित पक्राउ गरेका छन ।

साहेबगंजनाकामा सशस्त्र प्रहरीले निगरानी बढाए पछि केही दिन देखि लगता तस्करीको समान बराबद गर्दै आएको भए पनि आज अबैध रकमको कारोबारी लाई शस्त्र प्रहरीको टोलिले पक्राउ गर्न सफल भएका छन ।

पक्राउ परेका ब्यत्तिलाइ कोशी व्यारेज भन्सारमा बुझाई सकेको र थप अनुसन्धान भइहरको सहेवगंज शस्शत्र प्रहरी निरिक्षक मनोज बिष्टले जानकारी दिनु भयो ।