भारतमा पछिल्लो २४ घण्टामा एक लाख १४ हजार कोरोना संक्रमित थपिए
२३ जेष्ठ २०७८, आईतवार १५:२३
नयाँदिल्ली । भारतमा एक लाख १४ हजार भन्दा धेरै कारोना संक्रमित थपिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४ सय ६० संक्रमित थपिएका हुन् ।
यो अवधिमा १ लाख ८९ हजार २ सय २३ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २ हजार ६ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ८८ लाख ९ हजार ३ सय ३९ पुगेको छ भने २ करोड ६९ लाख ८४ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख ४६ हजार ७ सय ५९ पुगेको सरकारी तथ्यांक छ ।
अहिले भारतमा १४ लाख ७७ हजार ७ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।
२३ करोड १३ लाख २२ हजार भन्दा धेरै नागरिकलाई भारतले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया