जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो : राष्ट्रपति भण्डारी
२१ जेष्ठ २०७८, शुक्रबार १३:५२
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलेजातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताउनु भएको छ । जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस-२०७८ को अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले छुवाछुतविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा अपील समेत गर्नु भएको छ ।
कानुनी रूपमा जातीय छुवाछुतलाई निषेध गरिएको भएता पनि परम्परागत सामाजिक सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण यो प्रथाको समूल अन्त्य हुन नसकेको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नु भएको छ ।
प्रथाको अन्त्यका लागि समतामूलक समाज निर्माण र समग्र सांस्कृतिस रूपान्तरणको समेत खाँचो रहेको कुरामा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिनु भएको छ ।
विक्रम संवत २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत राष्ट्र घोषणागरिएको अवसरमा आजको दिनलाई दिवसको रूपमा मनाउने गरिन्छ ।
हेर्नुहोस् सन्देशको पूर्णपाठ


फेसबुकबाट तपाईको प्रतिक्रिया