उपत्यकामा फेरि बढ्न थाल्यो संक्रमण, आज २०५७ जना थपिए – Nagarikabhiyan : National News

उपत्यकामा फेरि बढ्न थाल्यो संक्रमण, आज २०५७ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज २ हजार ५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर आज थपिएका ६ हजार ८२५ जनामध्ये उपत्यकाका २०५७ जना रहेका छन् ।

काठमाडौंमा १६३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको छ । आज ५ हजार ९०४ निको भएका छन् ।