कोरोना अपडेट : निकोहुने भन्दा नयाँ संक्रमण बढि, आज ६८२५ जनामा संक्रमण पुष्टि, ७५ जनाको मृत्यु – Nagarikabhiyan : National News

कोरोना अपडेट : निकोहुने भन्दा नयाँ संक्रमण बढि, आज ६८२५ जनामा संक्रमण पुष्टि, ७५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको छ । आज निकोहुने ५ हजार ९०४ निको भएका छन् ।निकोहुने नयाँ संक्रमण बढि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् भने ७५ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ ।

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ । खबर सेन्टरमा छ ।