सप्तरीका तीन वटा पालिकामा स्वास्थ्य सामग्री प्रदान – Nagarikabhiyan : National News

सप्तरीका तीन वटा पालिकामा स्वास्थ्य सामग्री प्रदान

राजविराज । कोरोनाको दोश्रो लहर अन्र्तगत सप्तरीको तीन वटा गाउँपालिकाको स्वास्थ्य कार्यालयमा बनाइएको आइसोलेसनका लागि आज स्वास्थ्य सामग्री बितरण गरिऐको छ ।

सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीको साँझेदारीमा जिल्लाको छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका तथा बिष्णुपुर गाउँपालिकाकामा रहेका आइसोलेसनमा स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आईसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मी तथा कार्यकर्ताहरुको सहयोगका लागि तीन वटै गाउँपालिकामा करिब रु एक लाख ६६ हजार मुल्यबराबरको दरले प्रत्येक गाउँपालिकालाई सो स्वास्थ्य सामग्री प्रदान गरिएको जनाइएको छ ।

उक्त गाउँपालिकाको लागि गोल्पस १०० थान, टेस्टीङ एन्टीजेन टेष्ट ३०० पिस किट,सर्जिकल माक्स ४०० पिस,पिपिई २०÷२० थान,४ वटा बाल्टीन,एक थान स्पे्रय मेसिन र ६० वटा हाथ धुने साबुन लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले जानकारी दिनुभयो । उक्त सामग्री सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले प्रदान गर्नुभयो ।

यस्तै राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालको लागि समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ । शव ब्यवस्थापनको लागि ३५ पिस थान शव ब्यवस्थापन झोला र १० सेट बालटिन दिइएको सेभ द चिल्ड्रेनका प्रतिनिधि अर्जुन मुक्ततानले बताउनुभयो । कार्यक्रममा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी,फिल्ड अधिकृत बिष्णुकान्त देव,मदनराज भट र तिलाठी कोइलाडी गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेश मिश्र,सेभ द चिल्ड्रेनका अर्जुन मुक्ततानसहितका उपस्थित रहेको थियो ।