भारतमा एकै दिन १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिए, ३ हजार २०७ जनाको गयो ज्यान
१९ जेष्ठ २०७८, बुधबार १३:२०
काठमाडौं । भारतमा एकै दिन १ लाख ३२ हजारभन्दा धेरै जनामा कोरोना भइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३२ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण देखिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार नाघेको छ । अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख ३५ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा २१ करोड ८५ लाख ४६ हजारडोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।कान्तिपुर संदेश

फेसबुकबाट तपाईको प्रतिक्रिया