धानको विउँ वितरणमा वडा अध्यक्ष सुर्यनारायण पालको ब्रहमलुट धन्दा ! पत्रकार माथि दुरव्यवाहर – Nagarikabhiyan : National News

धानको विउँ वितरणमा वडा अध्यक्ष सुर्यनारायण पालको ब्रहमलुट धन्दा ! पत्रकार माथि दुरव्यवाहर

देवानगञ्ज । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मा धानको विउँ वितरणमा अनियमितता भएको किसानले आरोप लगाएका छन् । वडाका किसानको लागि वडा कार्यालयले वितरण गर्न ल्याएको धानको बिउ वितरण वडा अध्यक्ष सूर्यनारायण पालले आफूखुशि गरेको भन्दै धानको विउँ वितरणमा अनियमितताको आरोप लगाएका हुन् ।

पक्षपाती र आफूकुसी विउँ वितरण गरेको प्रति स्थानीय किसानहरु आक्रोशित भएका छन । सर्वसाधरण किसानको सहजको लागि ल्याएको धानको बिउ वडा अध्यक्ष पालले आफूखुशि निणर्य र किसान पहिचान नै नगरिकन वितरण गरकाले अनियमितताको आरोप बाहिर आएको हो । पालले आफू निकट रहेकाहरुलाई मात्रै विउँ वितरण गरको र आफ्नो लागि समेत दुई बोरा बिउ छुटाएर राखेकाले धानको विउँ वितरणमा अनियमितताको आरोप बाहिर आएको बताइएको छ ।

किसानलाई वितरण नगेरको स्थानीय सुशिल मेहताले आरोप लगाउनु भयो । मेहताका अनुसार वडा अध्यक्षले यस्तो गरको यो कुनै नौलो कुरा नभएको समेत मेहताले बताउनुभयो । जनताको गुनासो आएपछि नागरिक अभियानको टोलि आज गाउँपालिकाको वडा कार्यालय पुग्दा वडा अध्यक्ष पालले आफ्नो लागि छुटाएर राखेको धानको बिउ बोला फेला परेको थियो ।

यता सोही बिषायमा प्रतिकृया लिदाँ प्रतिकृया दिन पाल मानेन । किसानले धानको विउँ वितरणमा अनियमितताको आरोपको छानविन गर्नुपर्ने माग समेत गरेका छन् । नागरिक अभियानको टोलीलाई अभद्र व्यवाहर समेत गरको छ । वडा अध्यक्ष पाल संग कुरा गर्न खोजदा तिमि बाहीर निस्क, तिम्रो यहाँ केकाम छन लगायको आपतिजनक शब्दहरु प्रयोग गरेको छ । आफुले गरको गल्ती ढाक छोप गर्न वडा अध्यक्षले पत्रकारहरु  लाई थानाम भनेर पंछिन खोजेको छ । यसले पनि वडा अध्यक्षको कालो कर्तुत र ब्रहमलुट प्रष्ट हुन्छ ।