निषेधाज्ञाको उल्लंघन गर्ने १३ जना पसल संचालक पक्राउ
१८ जेष्ठ २०७८, मंगलवार १८:३४
राजविराज । कोरोना महामारीको दोश्रो लहरलाई मध्य नजर गर्दै जारी गरिएको निषेधाज्ञाको उल्लंघन गर्ने १३ जना पसल संचालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमण नेपालमा तिब्र रुपमा फैलिदै गएको अवस्थामा यसलाई रोकथाम तथा नियन्त्रण गर्नको लागी जिल्ला प्रशासन कार्यालय सप्तरीले गत बैशाख २३ गतेदेखि राजबिराज बजार लगायत जिल्लाको बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।
उक्त निषेधाज्ञाको अवज्ञा गरी राजबिराज एरिया अन्तर्गत राजविराज बजारमा किराना पसल, कस्मेटिक पसल, मोबाईल पसल, कपडा पसल, फलफुल पसल जबरजस्ती खोलेको अवस्थामा १३ जना पसल संचालकहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक काफलेका अनुसार “ कोभिड –१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ “ बमोजिम कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराएर निजहरुलाई जरिवाना लिई छाडेको बताउनुभयो ।
कोरोनाको दोश्रो लहरमा सप्तरी जिल्लामा हाल सम्म ८५ जनाले ज्यान गुमाएको छ भने करिब एक हजार संक्रमित भएका छन । –––

फेसबुकबाट तपाईको प्रतिक्रिया