विवेकशील साझाका नेता उज्वल थापाको निधन
१८ जेष्ठ २०७८, मंगलवार १८:५०
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि कोरोना सक्रंमणबाट विरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहनु भएका थापाको आज दिउँसो ४ः२५ मिनेटमा निधन भएको हो ।
कोरोना संक्रमण भएपछि थापालाई अस्पताल भर्ना गरिएको थियो । सोमबारमात्र उहाँको कोरोना नेगेटिभ आएको थियो । सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्रविधिबाट उपचार गरिएको थियो ।
‘चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगा गराउँदछौं ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया