एक सय मुसहर परिवारलाई राहत वितरण
१५ जेष्ठ २०७८, शनिबार २०:१६
राजविराज । कोरोना महामारीमा हातमुख जोर्न समस्यामा परेका कञ्चनरुप नगरपालिकाका एक सय मुसहर परिवारलाई आज राहत वितरण गरिएको छ ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधज्ञाका कारण समस्यामा परेकालाई स्टोरीज अफ नेपाल समुुदायको सहयोग र दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप नगरपालिका–८ ,सप्तरीको समन्वयमा एक सय परिवार मुसहर समुुदायलाई आज राहत वितरण गरिएको हो ।
कञ्चनरुप नगरपालिका–५ पिप्रा,रामपुर पथरी र कञ्चनरुप नपा–४ बकालमा दैनिक मजदुरी गरेर खाने मुसहर समुुदायलाई राहत वितरण गरिएको छ । रामपुर पथरीमा गत बर्ष जेष्ठ ५ गते खान नपाएर मलर सदाको मृत्युु भएको थियो ।
राहतमा २५ किलो चामल,३ किलो दाल,२ लिटर तेल,३ किलो मुरही,२ केजी प्याज र सरसफाई र व्यक्तिगत सुरक्षाका लागि एक पकेट माक्स ( ५० पिस),६ ओटा हाथ धुनका लागि लाइफब्याय साबुुन,६ वटा कपडा धुने साबुुन,२ पकेट स्यान्ट्री प्याड र एक लिटर फिनेल वितरण गरिएको दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरियाले बताउनुभयो । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न मुसहर समुदायलाई राहत वितरण गरिएका मञ्चका कार्यक्रम संयोजक सरवरियाले बताउनुभयो ।
कोशी किनारमा रहेका उक्त गाउँका अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर र कृषि क्षेत्रमा श्रम गर्ने मजदुर निषेधज्ञाका कारण समस्यामा परेको जानकारी पाएपछि राहत वितरण गरिएको सरवरियाको भनाई छ ।
राहत पाएपछि गत वर्ष भोकले ज्यान गुुमाएका मलर सदाकी पत्नी जलेश्वरी देवी सदाले भनिन्,‘ कोरोनाका कारण चारैतिरबाट घेरिएको बेला घरमै राहत पुु¥याउनेलाई म धन्यवाद दिन चाहन्छु ।’ मलर सदाका तीन जना छोरामध्ये तीन वटै कामका शिलशिलामा अझै पनि बाहिर छ । कञ्चनरुप नपा–५का हरि सदाले स्टोरीज अफ नेपालले विगत चार वर्षदेखी मुसहर समुदायलाई गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘ बाढी होस कि करोना स्टोरीज अफ नेपालका जय पौडेलले हामीलाई दुःख बेला साथ दिएको छ । गत बर्षको लकडाउनमा पनि सर्वप्रथम जय पौडेलले दलित सरोकार मार्फत राहत पठाएको स्मरण गराएका छन । राहत वितरणमा दलित सरोकार मञ्चका लेखा अधिकृत अमित गुप्ता,कार्यक्रम सहायक अनिताकुमारी खंग,रामपुर पथरी यूवा जीवन यादबले स्वयमसेवी भएर सहयोग गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया