वामदेवले ओलीलाइ संकेत गर्दै भने: झापाका ३ जना गणतन्त्रको विरुद्धमा
१५ जेष्ठ २०७८, शनिबार १३:०४
काठमान्डौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ लक्षित गर्दै चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता गणतन्त्रको विरुद्धमा भएको बताएका छन।
गणतन्त्र दिवसका अवसरमा उपाध्यक्ष गौतमले सामाजिक संजालमा आफ्नो भनाइ राख्दै सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गरेका छन। उनले नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको उल्लेख गरेका छन।
उपाध्यक्ष गौतमले अगाडि लेखेका छन ‘तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड मात्रै भएको उल्लेख गरेका छन।
उनले उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ भनी उल्लेख समेत गरेका छन।
उपाध्यक्ष गौतमले अहिलेको परिवेशमा विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता यसको विरुद्धमा भएको खुलासा पनि गरेका छन। गौतमले त्यतिबेला बसेको पार्टीको बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको पनि बताएका छन। लेखाजोखा न्युज

फेसबुकबाट तपाईको प्रतिक्रिया