गणतन्त्र विरोधीबाट गणतन्त्रमा निरन्तर प्रहार भइरहेको छ: प्रचण्ड
१५ जेष्ठ २०७८, शनिबार १२:२९
काठमान्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य, मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। शनिबार गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको दिवसको शुभकामना’ शिर्षकमा एक प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले यस्तो वताएका हुन्। ‘प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन’ भन्दै ‘पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।’ वक्तव्यमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया