आज भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना – Nagarikabhiyan : National News

आज भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना

काठमाडौं । अहिले (शुक्रबार बिहान) देशका धेरै स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यास भारतको पश्चिम बंगाल क्षेत्रमा प्रवेश गर्दा नेपालमा पनि त्यसको प्रभाव परेर मौसम बदली र वर्षा भइरहेको हो।

महाशाखाका अनुसार दिउँसो पनि पानी पर्ने क्रम जारी रहनेछ भने पाँचवटा प्रदेशका केही स्थानमा निकै ठूलो वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना छ।

महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीरअति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ।

यसैगरी उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केही स्थानमा र बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च वेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।