सात दिनदेखि बालक बेपता – Nagarikabhiyan : National News

सात दिनदेखि बालक बेपता

राजविराज । सात दिनदेखि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका सखुवाका एक बालक बेपता भएका छन ।

जिल्ला हनुमाननगर कंकालनी नगरपालिका– ११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव बेपत्ता भएको उनको बुवाले जानकारी दिएका छन । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गालीगलोच गर्दा रिसाएर उनी घरबाट निस्किएका थिए ।

पारिवारिकको बिभिन्न सम्बन्धित स्थानहरूमा सोधखोज गर्दा पनि उनी फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी गदिएका छन । त्यसपछि प्रहरीले पनि बालकको बारेमा खोजि गर्दा अहिले सम्म केही पत्ता लगाउन सकेको छैन ।

पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गते (शुक्रबार)का दिन रवि घरबाट बाहीर गएका थिए । घरबाहिर गएको कैही समयपछि नै खोजी गरेतापनि नजिकै कतै होला भनेर खासै खोज नगरिएको बताइएको छ । हराएको ७ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुवा जयनारायण यादवले खोजिदिन सबै सरोकारबाला ,संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँको बुबाको अनुसार गहु गोरो अनुहार भएका रवी घरबाटै हराएको दिन कालो रंगको (सेतो तारा जस्तो छाप भएको) सट र कालो रंगको पाइन्ट लगाएको बताउनुभयो ।