बाबुराम भट्टराई एमाले प्रवेश, भर्खरै प्राप्त भयो यस्तो जानकारी ,हेर्नुहोस्
१३ जेष्ठ २०७८, बिहीबार १७:४९
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृहत् एकताको प्रस्ताव पनि राखेका बुझिएको छ ।
उच्च राजनीतिक स्रोतका अनुसार बाबुरामले एमालेसँग पार्टी एकीकरणको प्रस्ताव राखेका थिए । बाबुरामले माओवादी केन्द्रसँग फेरि एकीकरण गर्न आग्रह गर्नुभएको थियो । उहाँले त्यस्तो एकीकरणमा आफू पनि सामेल हुने बताएका छन् ।
स्रोत अनुसार फेरि पार्टी एकीकरण गर्न माओवादीका तर्फबाट पहल सुरु भएको छ । स्रोत अनुसार जनार्दन शर्मा, वर्षमान पुन, कृष्णबहादुर महरा, हरिबोल गजुरेल लगायतका नेताहरु वृहत कम्युनिष्ट केन्द्र बनाउनुपर्ने भन्दै प्रधानमन्त्री ओली निकट नेताहरुसँग सम्पर्कमा पुगेका छन् ।
‘केपी ओलीलाई नै अध्यक्ष मान्न तयार छौं’– माओवादीका ती नेताहरुको प्रस्ताव रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया