प्रतिनिधिसभा विघटनविरूद्धका रिट संवैधानिक इजलाशमा पठाइयाे – Nagarikabhiyan : National News

प्रतिनिधिसभा विघटनविरूद्धका रिट संवैधानिक इजलाशमा पठाइयाे

काठमाडाैँ । प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दा संवैधानिक इजलाशमा पठाउने निर्ण लिनुभएकाे छ ।

बिहीबार प्रतिनिधिसभा विघटनविरूद्धका  १९ वटा रिट उहाँले आफ्नै एकल इजलाशमा पार्नुभएकाे थियाे । ती रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलाशमा पठाउने निर्णय गर्नुभएकाे हाे । संवैधानिक इजलाशका लागि यसअघि नै ११ वटा रिट दर्ता छन्, जसकाे सुनुवाइ भाेलि शुक्रबारटबाट हुनेछ ।

सर्वाेच्च संसद विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् । निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने पक्षमा छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराउनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति र निर्धारित समयमै निर्वाचन गराउनुपर्ने माग राखी ४ वटा रिट निवेदन दर्ता भएका छन् । जसमा नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएकाले पुनः प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिलेन भन्ने राष्ट्रपतिको यही जेठ ७ गतेको निर्णय राजनीतिक दलसम्बन्धी ऐन, २०७३ विपरीत भएको उल्लेख छ ।न्यूज २४ मा छ।