दाङमा पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना – Nagarikabhiyan : National News

दाङमा पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

काठमाडौं । दाङमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेलसहित पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीसहितको टोली चढेको गाडी दुर्घटनामा परेको हो ।

बुधवार दिउँसो दाङ तुल्सीपुर जेसिज चोक नजिकै रा १ च ९५५ को स्कोर्पियोले उनीहरु चढेको गाडीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा निवर्तमान अध्यक्ष सुदिप गौतमलाई सामान्य चोट लागेको छ भने बाँकी सकुशल रहेका छन् । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनाबाट सवारीमा क्षति पुगेको छ । पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने जीपलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।