महन्त ठाकुरले मागे उपेन्द्र यादवसँग तीन दिने स्पष्टीकरण
१२ जेष्ठ २०७८, बुधबार ०८:३०
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग स्पष्टीकरण सोध्नुभएको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउनका लागि अध्यक्ष उपेन्द्र यादवलाई अनुरोध गरेका छन् ।
उपेन्द्र यादवले पार्टीको मूल्यमान्यता, नीति तथा विधान विपरित गतिविध गरेको भन्दै पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधिएको ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया