राष्टिय युवासंघद्धारा सम्वेदना
११ जेष्ठ २०७८, मंगलवार १८:२५
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका योजना सहायकको रुपमा कार्यरत रामचन्द्र यादवलाई मातृ शोक परेकाले आज १० पुण्य तिथिमा राष्टिय यूवासंघ नेपालले सम्वेदना प्रकट गरेको छ । यादवको आमा भोक्राहा नरसिंह गाउँपालिका ५ निवासी भुटनीदेवी यादवको जेठ १ गते निधन भएकाले मातृ आत्माको शान्ती सहित श्रद्धाञ्जली दिदै शोकाकुल परिवारमा सम्वेदना प्रकट गर्दै सम्वेदना पत्र हस्तान्तरण गरेको राष्टिय युवा संघ भोक्राहा नरसिंह गाउँपालिकाका संयोजक रमेश कुमार यादव जानकारी दिनुभयो । मातृ शोकमा रहनुभएका रामचन्द्र यादव , श्याम यादव र पिन्टु यादवलाई घरमै पुगेर सम्वेदना पत्र हस्तान्तरण गर्नुभएको यादवको भनाई छ ।राष्टिय युवासंघ भोक्राहा नरसिंह गाउँपालिकाका सचिव चन्दन कुमार यादव, सहसचिव मुकेश यादव, नेकपा एमालेका भोक्राहा नरसिंह गाउँपालिकाका इन्चार्ज रमेश प्रसाद यादव, गाउँ अध्यक्ष रामकुमार मेहता र सचिव हातिम अंसारी सहितकोले पनि सम्वेदना कार्यक्रमा उस्थित रहनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया