फरर्वाडद्धारा कोशी प्रदेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिण्डर – Nagarikabhiyan : National News

फरर्वाडद्धारा कोशी प्रदेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिण्डर

रमेश कुमार यादव । सुनसरी
कोरोना महामारीको बीचमा अक्जिन अभाव खड्किएको बेला पूर्वराज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले कोशी प्रदेशिक अस्पताल बिराटनगर मोरङलाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको छ । चौधरीले कोशी प्रदेशिक अस्पतालका प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला ४७ लीटरबाला अक्सिजन सिलिंडर हस्तान्तरण गर्नुभयो । उहाँले आफनो सानो सहयोगले कसैको ज्यान जोखिन्छ की भनेर सहयोग गरेको बताउनुभयो । वहाँले अक्सिजन नपाएर छटपटिएर मृत्यु भएको समाचार सुनेर आफ्रूले सानो सहयोग गरेको र त्यसले कसैको ज्यान बचाउन सकिन्छ भन्ने हेतुले अक्सिजन हस्तान्तरण गरेको बताउनुभयो । वहाँले यस अघि बीपिमा सहयोग गर्नुभएको थियो । महामारीको रोकथाम र नियन्त्रणमा हातेमालो गरेको अध्यक्ष चौधरीले बताउनुभयो । अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनासले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा संक्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताउनुभयो । फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष चौधरीले केही दिन अगाडी विपि प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसक्नु भएकोे छ ।