पोखरीमा डुवेर एक बालकको मृत्यु
८ जेष्ठ २०७८, शनिबार ११:२६
राजविराज । सप्तरीको शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा आज डुवेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका वडा नं.१२ बस्ने मुनिलाल साहको १० बर्षीय छोरा रुपेश साह रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाल काफलेले जानकारी दिनुभयो ।
आज दिउँसो नुहाउने क्रममा सोही कुशाहा स्थितमा रहेको सार्वजनिक पोखरीको पानीमा अचानक डुबेर सिकिस्त भएका थिए ।
सो क्रममा उपचारको लागी छिन्नमस्ता अस्पताल राजविराज ल्याईएकोमा उक्त अस्पतालमा डाक्टरले चेकजाँच गर्दा साहको मृत्यु भईसकेको थियो । यता घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया