आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली, राजिनामा दिदैछन् ? – Nagarikabhiyan : National News

आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली, राजिनामा दिदैछन् ?

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका छन् । सरकारमाथि विभिन्न प्रश्नहरु उठेका बेला उनको यो कदमाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैले उनले राजिनामा दिन लागेको आँकलन गरेका छन् । तर यसबारे जानकारी आएको छ्रैन ।

पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकस्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।