दलीय ह्विप नलाग्ने, माधव नेपालले प्रधानमन्त्रीमा दाबी गर्ने – Nagarikabhiyan : National News

दलीय ह्विप नलाग्ने, माधव नेपालले प्रधानमन्त्रीमा दाबी गर्ने

काठमाडौं।   संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउनका लागि दावी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मका लागि आह्वान गरेकी छन् ।

जसअनुसार दलहरू सघन छलफलमा जुटेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष तथा एमालेका माधव नेपाल पक्षका नेताहरू उपस्थित भएका थिए ।

बैठकले साँझ ५ बजेसम्म सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बन्ने सरकारमा दलीय व्हीप नलाग्ने कानूनविदहरूको तर्क छ ।

एमालेकै माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा सिफारिस गर्न सके सो पार्टीका कम्तीमा ४० सांसदले उनलाई सहयोग गर्ने अनुमान गरिएको छ । कांग्रेस र माओवादी केन्द्रले सहयोग गरे नेता नेपाल प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ ।

त्यसो भएमा केपी ओली आजै बालकोट फर्किने छन् । अहिले एमालेका माधव पक्षका सांसदहरू सिंहदरबारमा छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदको लेखा समितिको हलमा नेपाल पक्षका सांसदहरु छलफलका लागि जम्मा भएका छन् ।  मिडिया डबली