बादल हारेपछि गोकुल बाँस्कोटाको आक्रोश : दूध खुवाएर पालेको आफ्नै सर्पले डस्यो – Nagarikabhiyan : National News

बादल हारेपछि गोकुल बाँस्कोटाको आक्रोश : दूध खुवाएर पालेको आफ्नै सर्पले डस्यो

काठमाडौं । पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बाँस्कोटाले रामबहादुर थापा राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भएपछि दूध खुवाएर पालेका साँपले डसेको प्रतिक्रिया दिएका छन्।

राष्ट्रियसभाको उपनिर्वाचनमा आफ्नैले डसेका कारण नेता बादलको पराजय भएको उनले बताएका हुन्। बाँस्कोटाले समयको अन्त्य नभएर यो सुरुवात मात्र भएकोसमेत उल्लेख गरेका छन्।

एमालेबाट बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवार बनेका थिए। उनलाई स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेपछि बाँस्कोटाको यो प्रतिक्रिया आएको हो।

‘दुध खुवाएर पालेका साँपले डसेका हुन्’, थापालाई चुनाव जिताउन हेटौंडासम्मै पुगेका बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘विक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।