कञ्चनरूप नपाद्धारा २५ थान अक्सिजन सिलिण्डर सहित आइसोलेसन संचालन
६ जेष्ठ २०७८, बिहीबार १९:१३
राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिकाले २५ थान अक्सिजन सिलिण्डरसहित आजदेखि आईसोलेसन संचालनमा ल्याएको छ ।
कंचनरुप नगरपालिकाका अनुसार संचालन भएको आइसोलेसनमा कन्सनटेटर ४ थान,क्यान अक्सिजन २० थान,पल्स अक्सिमिटर २५ थान र कोरोना जाँचका लागि एन्टिजेन किट ५०० थान खरीद गरेको जनाइएको छ ।
सप्तरीका १८ वटा स्थानिय तहमध्ये सबैभन्दा पहिले होल्डिङ सेन्टर र ३० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
अक्सिजनसहित ३० बेडको आइसोलेसनमा अहिले २१ जना उपचारत रहेको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
कञ्चनरुप नगरपालिकामा एक हप्तामा १२ जनाले कोरोनाबाट ज्यान गुुमाएका छन । हाल १ सय ६० वटा सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नगरपालिकाले बाहिरबाट आएकाहरू सीधै घरमा गएर बस्न पाउँदै भन्दै होल्डिङ सेन्टरमा होल्ड गरेर जाँचपछि नेगेटिभ आएकाहरूलाई घर पठाउने कंचनरुप नगरपालिकाले जनाएको छ ।
संक्रमितहरूलाई अवस्था हेरेर उपचार गर्ने बताउदै थोरै भएपनि राहत भएको कंचनरुपका स्थानिय राजकुमार पासवानको भनाई छ ।
कञ्चनरुप नगरपालिकामा समुुदायस्तरमा कोरोना पैmलिएपछि जिल्ला संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी)को गत शुक्रबार बसेको बैठकले कञ्चनरुप नगगरपालिका शिल गर्ने निर्णय गरेको थियो ।
सप्तरीका प्रमुुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले कञ्चनरुप नगरपालिकामा संक्रमणदर बढ्दो देखिएकोदे सबै वडाहरु सिल गरेर आवतजावत नियन्त्रण गर्ने निर्णय गरेअनुसार अहिले पनि उक्त नगरपालिका सिलने रहेको छ ।
कञ्चनरुप नगरपालिकाले पनि सोही दिनदेखी अतिआवश्यक सेवा वाहेक सबै कामकाज बन्द गर्नुुका साथै सबै वडाहरु शिल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया