इजरायल–हमास युद्धमा अमेरिकाको इन्ट्री ! अहिलेसम्म ७२ जनाको ज्यान गइसक्यो – Nagarikabhiyan : National News

इजरायल–हमास युद्धमा अमेरिकाको इन्ट्री ! अहिलेसम्म ७२ जनाको ज्यान गइसक्यो

काठमाडौं। इजरायल र हमासबीच केही दिनदेखि जारी युद्धमा अमेरिकाको प्रवेश भएको छ । यो युद्धमा अहिलेसम्म ७२ जनाको ज्यान गइसकेको छ । मारिनेमध्ये ६५ जना प्यालेस्टाइनी हुन् । गाजा पट्टी क्षेत्रबाट हमासले गरेको रकेट आक्रमणमा इजरायलमा ७ जनाको ज्यान गएको छ ।

इजरायलले हमासलाई आतंकवादी संगठन मान्छ । हमासले अल जजीरासँग कुरा गर्दै भनेको छ ‘इजरायलतर्फबाट भएको एयरस्ट्राइकमा हमासका गाजा सहरका कमाण्डर बसिम इसाको मृत्यु भएको छ । अन्य कैयौं कमाण्डर पनि मारिएका छन् ।’ गाजाको स्वास्थ्य मन्त्रालयले एक बयान जारी गर्दै मारिनेमा १६ बालबालिका र ५ जना महिला रहेको बताएको छ । इजरायलको एयरस्ट्राइकमा ३६५ प्यालेस्टाइनी घाइते भएका छन् । घाइतेमध्ये ८६ बालबालिका र ३९ महिला छन् ।

हमासले अहिलेसम्म इजरायलमा १ हजार ५ सयभन्दा धेरै रकेट हानिसकेको छ । अब यो युद्धमा अमेरिकाको प्रवेश भएको छ । अमेरिकाले इजरायल र प्यालेस्टाइनका नेताहरुसँग कुरा गरेर युद्ध रोक्न अपिल गरेको छ । इजरायलका कैयौं सहरमा दंगा पनि सुरु भएका छन् । बुधबार राती हमासले फेरि इजरायलमाथि रकेट आक्रमण गरेको थियो । हमासले बुधबार रातीदेखि बिहीबार बिहानसम्म १८० रकेट हानेको दावी गरेको छ ।

गाजा पट्टीबाट हानिएको एउटा रकेट तेल अभिभको बस्ती क्षेत्रमा खसेको थियो । हमासको यो रकेट आक्रमणमा ५ वर्षका बालक र उनकी आमा गम्भीर घाइते भएको बताइएको छ । पछि उपचारका क्रममा बालकको अस्पतालमा मृत्यु भयो । यसका अलावा अन्य २० जना घाइते भएका थिए । यो आक्रमणपछि इजरायलको एयरफोर्सले गाजा पट्टीमा हमासका ५ सयभन्दा धेरै अड्डालाई निशाना बनाएको थियो ।

इजरायल र प्यालेस्टाइनबीच सुरु भएको यो युद्धसँगै इजरायलका कैयौं सहरमा यहुदी र अरबी मूलका नागरिकबीच दंगा सुरु भएको छ । दंगाका सबैभन्दा धेरै घटना जेरुसेलम, लोड, हाइफा र सखनिनमा भएका छन् । दं