पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
५ जेष्ठ २०७८, बुधबार १९:२७
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–९ विष्णुुमन्दिर टोलमा आज दुुई किशोरीको पोखरीमा डुुबेर मृत्युु भएको छ ।
स्थानीय सन्तोष यादबको पोखरीमा स्नान गर्न गएको रामकिसुन सरदारको २० बर्षिया छोरी कुन्ती सरदार र इन्दल सरदारको १३ वर्षकी छोरी रोशनी सरदारको पोखरीमा डुुबेर मृत्युु भएको सोही ठाउँका राजकुमार पासवानले जानकारी दिनुभयो । स्नान गर्न गएकी उनीहरु पोखरीमा डुुबेपछि स्थानीयहरुले थाह पाएर परिवारका व्यक्तिहरुलाई खवर गरेका थिए ।
उनीहरुलाई तत्काल पोखरीबाट निकालेर कञ्चनरुप नपा–१२ स्थित धर्मेश्वर अस्पतालमामा उपचारका लागि लगेपनि उपचारको क्रममा मृत्यु भएको इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेशकुुमार सिंहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुवै जनाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया