राजविराजमा निःशुल्क खान बितरण सुरु – Nagarikabhiyan : National News

राजविराजमा निःशुल्क खान बितरण सुरु

राजविराज । सप्तरी जिल्लमा कोभिड १९ को दोश्रो लहरको प्रभावले आक्रान्त भएर समस्यामा रहेकका पिडितहरुको लागि आजदेखि राजविराजमा निःशुल्क खान बितरण थालिएको छ ।

सप्तरी उद्योग वाणिज्य संघ, राजविराज तथा लायन्स क्लव अफ राजविराज सिटीको संयुक्त आयोजनामा आजदेखि यहाँ निःशुल्क खान बितरण सुरु गरिएको हो ।

राजविराज तथा लायन्स क्लव अफ राजविराज सिटीका अध्यक्ष अरूण कुमार प्रधानको नेतृत्वमा निःशुल्क भोजन वितरण कार्यक्रम सुरु भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख फडिन्द्रमणि पोखेरल,राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव , शशत्र प्रहरी बल ,सिमा सुरक्षा कार्यालयका एस. पि. र उधोग बाणिज्य सघका विभिन्न पदाधिकारिको उक्त कार्यक्रममा उपस्थित रहेको थियो ।

त्यस्तै सप्तरी उद्योग वाणिज्य संघका कार्यालय सचिव तथा लायन्स क्लव अफ राजविराज सिटीका सचिव ललित कुमार झा र संघका पूर्व सचिव बैजनाथ जोशीको समेत सहभागिता पनि रहेको थियो ।

आजदेखि यहाँ सुरु भएको निःशुल्क खान बितरण समाहरोमा मजदुर ,व्यापारी , अस्पतालका बिमारी कुरुवा , बालबालिका लगाएत १२५ जनाले खाना खाएको सघका सचिव ललित झाले जानकारी दिनुभयो ।