कोरोनाबाट सप्तरीमा ११ जनाको मृत्यु
४ जेष्ठ २०७८, मंगलवार १८:२७
राजविराज । सप्तरीमा पछिल्लो दुई दिनको अवधिमा कोरोना भाइरसको संक्रमणबाट एक जनप्रतिनिधिसहित ११ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज सप्तरीको बलान बिहुल गाउँपालिका र सुरुङगा नगरपालिकाका एक ÷एक जनाको मुत्यु भएको छ ।
धरानस्थित बि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचाररत बलान बिहुल गाउँपालिका ६ बस्ने ४७ बर्षिय पुरुष र सुरुङगा नगरपालिका १ का ७० बर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।
यस्तै सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुख ४० वर्षिया आशादेवी चौधरीको मृत्यु भएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उहाँको उपचारकै क्रममा मृत्यु भएको थियोे ।
उपप्रमुख चौधरी गर्भवती अवस्थामै संक्रमित भएपछि पछिल्लो १० दिनदेखि नोबेल अस्पतालमा उपचारार्थ थिईन् । उनी सतारुढ नेकपाबाट उपप्रमुखमा निर्वाचित भएकी थिईन् ।
आजै मात्र राजविराजस्थित छिन्नमस्ता अस्पतालमा पनि कञ्चनरुप नगरपालिका ४ का ४५ वर्षिय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै सोमबार बिहानदेखि साँझसम्म राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।
राजविराज नगरपालिका १ र ७ का एक ÷एक जना, विष्णुपुर गाउँपालिकाका एक जना, बोदेबर्साइन नगरपालिकाका एक जना र महोत्तरीको बर्दीबास घर भई राजविराजमा बस्दै आएकी एक महिलाको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको अस्पतालबाट बुझिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा पनि सोमबार २ जनाको मृत्यु भएको थियो ।
दोश्रो लहरमा कोभिड १९ भाइरसबाट सप्तरीमा हालसम्म ३७ जनाको मृत्यु भईसकेको छ भने कोरोनाको पहिलो लहरमा ४१ जनाले ज्यान गुमाएका थिए ।
कञ्चनरुपमा कोरोना संक्रमणबाट मृत्क संख्या दश पुुग्यो कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमणबाट आज थप एकको मृत्यु संगै त्यहाँ अहिले सम्म १० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सप्तरीको कञ्चनरुप नगरपालिका–४का एक ४५ बर्षिय पुुरुषको मृत्युु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै तीन दिनअघि राजविराज स्थित छिन्नमस्ता हस्पिटलमा उपचारका लागि भर्ना भएका उनको मृत्युु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कञ्चनरुप नगरपालिकामा सोमबार पनि २ जनाको कोभिड १९ बाट मृत्यु भएको थियो । केही दिन अगाडी मात्रै कंचनरुप नगरपालिकामा ७ जनाको मृत्यु भएको थियो ।
यस संगै कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुुगेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कञ्चनरुप नगरपालिकामा हाल एक सय ५७ जना कोरोना संक्रमित रहेको जनाइएको छ ।
कञ्चनरुप नपा–४का वडाअध्यक्ष रामनारायण साहले शव व्यवस्थापनका लागि हस्पिटल,प्रशासन र परिवारसँग समन्वय गरिरहेको बताउनुभयो ।
कोशी टप्पुवन्यजन्तुु आरक्ष कार्यालयले कोरोनाले मृत्युु भएका शव व्यवस्थापनमा अवरोध गरेपछि शव व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया