इसराईलको गलत प्रचारवाजी, भ्रष्टाचार गर्नमा परोक्ष रुपमा माहिर
४ जेष्ठ २०७८, मंगलवार १४:०३
इनरुवा । पार्टीबाट निस्कासित भएका व्यक्तिले नेपाली काग्रेंसको नाममा गलत प्रचारवाजी प्रति काग्रेंसको ध्यानाक्रषर्ण भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विकास विरोधी कार्यको अभियान चलाएको र त्यसमा वीधि र नीति भन्दा व्यक्तिगत राजनीतिक स्वार्थमा लागेका पार्टीबाट कार्वाहीमा परेका इसराईल मंसुरीले काग्रेंसको नाम जोडेर गलत प्रचारबाजी गर्न लागेको भन्दै पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट नदिएपछि बागी उमेदबार बनेर अन्य दललाई जिताउने काम गरेको भन्दैँ तीन वर्षका लागि कार्वाहीमा राखेको भएपनि हालसम्म फुकुवा नभएको बेला गलत प्रचारवाजी प्रति काग्रेंसको ध्यानाक्रषण भएको हो । मंसुरीको आधीकारीक कारवाही अझै फुकुवा नभएको बेला पार्टीको बदनाम गर्दै विकास विरोधी काममा लागेको भन्दैँ ध्यानाकर्षण भएको पार्टी गाउँ समितिले जनाएको छ ।
पर्टीका जिल्ला तथा गाउँस्तरीय नेताहरुले नागरिक अभियान अनलाइनसँग कुराकानी गर्दै पार्टी बिरोधी काम गरेको भन्दैँ मंसुरी माथी थप कारवाहीको लागि पार्टीको गाउँपालिका स्तरीय बैठक बोलाउने तयारी भएको छ ।
मंसुरीले पार्टी विरोधी गतिविधि गरेको र पार्टीलाई नै वदनाम गर्नेगरी झुठो प्रचारवाजीमा लागेको आरोप सहित उनलाई थप कारवाही गर्न बैठक बोलाएको पार्टी निकट श्रोतले जनाएको छ । मंसुरी माथी २०७४ सालको स्थानीय तहमा पार्टी विपरीत र विधान विपरीत काम गरेपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकोमा उनी माथी अझैँसम्म फुकुवा नभएकोमा आफ्नै वडा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं। ६ वाट क्रियाशिल नविकरण नभएपछि चोरबाटोबाट भोक्राहा नरसिंह गाउँपालिकाकै वार्ड नं। ५ बाट कसैको नाममाथी टिपेक्स लगाएर आफ्नो नाम पठाएकाले उनको कार्यशैली प्रति थप शंका उत्पन्न भएको एक जिल्ला सदस्यले बताएका छन् । मंसुरीले आफ्नो व्यक्तिगत स्वार्थपुर्तिका लागि संघिय सासंद ज्ञानेन्द्र कार्कीको समेत बजेट ल्याएर दुरुपयोग गरेको र गाउँपालिकासँग आफ्नो सहकारीको नाममा केही रकम निकालेर हिनामिना गरेको समेत आरोप पार्टीको छ ।
पार्टीले आन्तरीक कुरा भएकाले बाहिर निकाल्न नचाहेपनि उनी निकटकै एक व्यक्तिले मंसुरी पार्टीको हित, विधान र संगठनको हित विपरित गलत प्रचारवाजीमा लागेको प्रति काग्रेंसको ध्यानाक्रषर्ण भएको बताएका छन् ।
पार्टीमा आफ्नो अस्तित्व नदेखेपछि पार्टी विरोधि र केही नेताको पछी लागेर विकासको काममा अवरोध र कमिसनको लागि लागिपरेको पार्टीका एक नेताले आरोप लगाएका छन् ।
यता जिल्लाका नेता र गाउँ स्तरीय नेताले मंसुरी माथी थप छानविन गर्नुपर्ने बेला आएको बताएको बेला नेपाली काग्रेँस भोक्राहा नरसिंह गाउँ एकाई समितिले हाल मंसुरी काग्रेँसको साधारण सदस्य समेत नरहेको प्रतिकृया दिएको छ ।
मंसुरीले आफ्नो व्यक्तिगत रुपमा केही मिडियाहरुलाई प्रलोभनमा पारेर सस्तो लोकप्रीयताको लागि थप प्रचारवाजीमा लागेकाले पार्टीको ध्यानाक्रर्षण भएको बताइएको छ । स्रोतहरुको कुराकानी अडियो, भिडियो र मंसुरीले गरेको काम तथा झुठो प्रचारबाजी गरेको स्रोत र सूचना समेत नागरिक अभियानसंग सुरक्षित छ ।
यता यही बिषायमा इसराइल मंसुरी संगा कुरा गर्दा आफु माथि लाएको आक्षेप निराधार रहको र आफु अहिले पनि नेपाली काग्रंसमै रहेको दावि गरेका छन्। अर्को समाचार स्रोतले दिएको जानकारी अनुसार मंसुरि पार्टी सभापतिलाई उपेक्षित गरेर झुल, कमल र कपडा वितरण गरेको लफडा भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया