हत्याका आरोपी २७ बर्षपछि पक्राउ – Nagarikabhiyan : National News

हत्याका आरोपी २७ बर्षपछि पक्राउ

राजविराज ।  मानिसको हत्या गरि सताईस बर्षदेखि फरार रहेका एक अभियुक्त ब्यक्तलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको साबिक प्रश्वनी गा.बि.स.वडा न.९ हाल अग्नीसाईर कृष्ण सबरण गाउँपालिका वडा नं.४ निवासी कारी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

उनलाई गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा खटीएको प्रहरी टोलीले पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव काफलेले जानकारी दिनुभयो ।

सोही ठाउँका देवनारायण मण्डलको जाहेरीले वादी तत्कालिन श्री ५ को सरकार प्रतिवादी कारी सदा मुसहरलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक काफललेको भनाई छ ।

उनी बिरुद्ध देवनारायण मण्डलले हत्या गरेको आरोपमा जिल्ला अदालतमा २०५४ माघ २२ गते र सम्मानित पुनरावेदन अदालत राजबिराजमा २०५७ जेठ १६ गते तथा सम्मानित सर्वौच्च अदालतमा मुद्धा दिएको थियो ।

उक्त मुद्धामा २०६२ चैत्र ७ गते अदालतबाट भएको फैसलाले उनलाई २० बर्ष जन्मकैद कैद ठहर गरिएको थियो ।

बि.स २०५१ फागुन २० गते साबिक प्रश्वनी गा.बि.स.वडा न.९ हाल अग्नीसाईर कृष्ण सबरण गाउँपालिका वडा नं.४ बस्ने जोगेन्द्र मण्डललाई कारी सदासहितकाले कर्तब्य गरी हत्या गरेर मारेका थिए ।

यसैबिच पक्राउ परेका सदालाई अदालतमा उपस्थित गराई कैद भुक्तनका लागि कारागार पठाइउको प्रहरीले जनाएको छ ।