पेट्रोल र डिजलको मूल्य बढ्यो
२ जेष्ठ २०७८, आईतवार २०:२६
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु २ का दरले वृद्धि गरिएको निगमले जनाएको छ।
निगमका अनुसार आइतबार राति १२ बजेपछि पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । नेपाल आयल निगमले कोरोना महमारीमा मूल्य नबढाउने बताएपनि आइतबार मुल्य बढाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया