कोरोनाको दोश्रो लहरमा २० जनाले ज्यान गुमाए । – Nagarikabhiyan : National News

कोरोनाको दोश्रो लहरमा २० जनाले ज्यान गुमाए ।

राजविराज । कोभिड १९ संक्रमणको दोश्रो लहरबाट बैशाख महिना भित्रमा सप्तरी जिल्लमा २० जनाले हाल सम्म ज्यान गएका छन ।

सो मध्ये पछिल्लो ३ दिनमा मात्रै ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि पहिलो लहरको कोभिड १९ मा ४१ जनाको मृत्यु भएको थियो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, पूर्व जिल्लाका मोरङको विराटनगरस्थित अस्पताल तथा सुनसरीको धरानका बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान अस्पताल सहितका ठाउँमा उपचारको क्रममा साथै होमआइसोलेसनमा समेत गरि २० जनाको ज्यान कोरोनाको दोश्रो लहरमा गएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।

उहाँका अनुसार कोभिडको पहिलो लहर भन्दा दोश्रो लहर कडा खालको भाइरस भएकाले पनि कम समयमा सप्तरी जिल्लामा बढी मानवीय क्षति भईरहेको बताउनुभयो ।

भेन्टिलेटर नचल्दा, एचडियूका बिरामीलाई अक्सिजनको समस्या

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दोश्रो लहरका कोभिड संक्रमितहरुलाई जोगाउन २५ शैय्याको एचडियू कक्ष निर्माण गरियो । तर एचडियूको सबै शैय्यामा अक्सिजन र चार वटामा भेन्टिलेटर सेवा सञ्चालन गर्ने गरी तयारी गरिएपनि दुवैमा असफलता भईरहेको अस्पताल श्रोतले जनाएको छ ।

अस्पताललाई चाहिने अक्सिजन समयमा उपलब्ध हुन समस्या भईरहेको बताउदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि भेन्टिलेटर सेवा पनि सुरु हुन नसकेको अस्पताल प्रशासनको भनाई छ ।

अस्पतालसँग आफ्नो अक्सिजन प्लान्ट नहुँदा इटहरीबाट दैनिक अक्सिजन सिलिन्डर भराएर ल्याउनुपर्ने बाध्यता रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु डा. रञ्जित झाले बताउनुभयो । उहाँले भन्नुभयो राजविराजकै निजी अस्पतालहरुमा रहेको भेन्टिलेटर सञ्चालन गर्ने प्रयास आफु गरिरहेको बताउनुभयो ।

छिन्नमस्ता अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर संचालन

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर संचालनमा आएको छ ।

यहीँ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले निर्णय गरे अनुसार सप्तरीका निजि अस्पताल छिन्नमस्ता अस्पतालमा कोभिड–१९ आइसोलेसन केन्द्र बनाएको अस्पतालका संयोजक दिपेन्द्र यादवले बताउनुभयो ।

आईशोलेसन कक्षमा एचडियु २० बेडको अक्सिजन समेत रहेको छ ।

त्यस्ते गरि आइसियु कक्ष ४ बेडमा अक्सिजन र जनेरल रूममा २६ बेडको अक्सिजन ,महिला र पुरुषको लागि छुटै–छुटै ४ शौचालय सहितको सुविधा रहेको आईशोलेसन इन्चार्ज मनु झाको भनाई छ ।