राष्ट्रपति भवन शीतलन निवासमा ओलीले लिए प्रधानमन्त्रीको सपथ
३१ बैशाख २०७८, शुक्रबार १४:५८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलन निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सपथ गराएका हुन् ।
गठबन्धन सरकारका लागि दिएको समयसीमा सकिएपछि बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया