देवानगंज गाउँपालिकमा कोरोना संक्रमणबाट एक जनाको मृत्यू , स्थानियमा त्रास
३० बैशाख २०७८, बिहीबार १७:३५
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ६ का एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । ३५ बर्ष पुरुष लाई आजमात्र कोरोना संक्रमण पुष्टी भएको थियो ।
देवानगंज गाउँपालिकाका स्वास्थय संयोजक उमेश मेहताका अनुसार मृत्यु भएको व्यत्तिलाई तिन चार दिन देखि ज्वरो, रुघा खोकि लागेको थियो । आज अचानक स्वास्थय झन बिग्रिए पछि उपाचारका लागि विराटनगर लगिएको थियो । गोल्डेन हस्पिटल विराटनगरमा गरिएको एन्टिजेन परिक्षमा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टी भए पछि विराटनगरको अस्पतालहरुले भर्ना लिन नमाने पछि हरिनगर गाउँपालिकामा संचालनमा रहेको आइसोलेसन सेन्टरमा ल्याउदै गर्दा बाटोमै मुत्यू भएको स्वास्थय संयोजक मेहताले बताउनु भयो । देवानगंज गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यू हुने यो पहिलो घटना हो ।
यता स्थानियहरुका अनुसार मृत्यू भएको व्यक्ती हिजो मात्र बिवाह भोजमा सहभागि भएको थियो । यसले गर्दा स्थानियमा झन त्रास फैलिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया