थप ९० जनामा कोरोना संक्रमण
१३ जेष्ठ २०७७, मंगलवार १६:४६
काठमाडौं । थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनकाअनुसार आजसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ५४ हजार ४२४ पुगेको छ भने आरटिडी ९७ हजार ९ सय ६७ पुगेको छ ।
कुल डिस्चार्जको संख्या १५५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया