कोरोनाबाट थप्प एक पुरुषको मृत्यु – Nagarikabhiyan : National News

कोरोनाबाट थप्प एक पुरुषको मृत्यु

राजविराज । कोरोना पोजेटिभ भएका एक जना पुरुषको आज उपचारको क्रममा असपतालमा मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१ भलुवा निवासी ६१ वर्षीय पुरुषको धरान स्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मुटुमा समस्या देखिएपछि वैशाख २७ गते उनलाई धरान स्थित बि.पि. कोइराला स्वास्थ्य प्रतिष्ठान अस्पतालको इमर्जेन्सीमा उपचारको लागि भर्ना गरिएको थियो ।

सो क्रममा पिसिआर परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।

संक्रमित मृतक पुरुषको शव व्यवस्थापनका लागी समन्वय भैरहेको अस्पताल प्रशासनले जनाएको छ । यो संगै सप्तरीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ४९ पुगेको छ ।