पिडीत बिरामीहरुलाई प्राइभेट कार मार्फत् उद्धार गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता बिडी यादव
२८ बैशाख २०७८, मंगलवार १८:२२
सप्तरी । जनमत पार्टी कपिलबस्तुका नेता भगवान दास यादवले लकडाउन पिडीतलाई उद्धार गर्ने लक्ष्य लिएका छन् ।
विश्व भर फैलिएको कोरोना भाइरसका कारण देशमा लगाइएको लकडाउनबाट प्रत्यक्ष पिडीत बनेका बिरामीहरुलाई डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा समाजसेवी यादवले आफ्नो प्राइभेट कार मार्फत् उद्धार गर्ने लक्ष्य लिएका हुन् ।
जनमत पार्टीको शुभ चिन्तक अनलाईन मिडीया (मधेश सरोकार)का संचालक राम नारायण राउतसँग फोनमा कुराकानी गर्दै यादव स्वयमले जिल्लाको शुद्धोधन गा.पा.का पिडीत बिरामीहरुलाई आफ्नो बा९ चा१९७४ नम्बरको प्राइभेट कारमाफ्त् उद्धार गर्ने गरेको बताएका छन् ।
कोराना भाइरस संक्रमणबाट देश अक्रान्त बनेको बेला आफ्नो ज्यानको पर्वाह नगरेर नेता यादवले जनताको सेवा गरिरहेका छन् । यादवले अहिले सम्म ४ जना विरामीलाई अस्पतालसम्म पुर्याएको र कोरोना संकट रहुन्जेल सेवा गरिरहने बताएका छन् ।
डा. सिके राउतलाई भगवान मानेका नेता यादवले ‘शुद्धोधन गाउँ पालिकाका स्थानियहरु मेरो भगवान हुन्, जनमत पार्टीको नारा लगाउँदै म बाचुन्जेल सेवा गरिरहने छु ।’ भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया