हराएका महिलालाई उद्धार गरि परिवारको जिम्मा,परिवारमा खुशी
२७ बैशाख २०७८, सोमबार १३:२४
राजविराज । अठार दिनदेखि हराएर बेपता भएकी एक भारतीय महिलाको खोजी गरि प्रहरीले उद्धारगरि आज परिवारको जिम्मा लगाइएको छ ।जिल्लाको बोदेबर्साईन नगरपालिकाको सहयोगमा स्थानिय प्रहरीको पहलमाहराएका महिलालाई उद्धार गरि परिवारको जिम्मा लगाइएको हो ।सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्बर – ५ शत्रुध्न चौकमा अलपत्र अवस्थामाफेला परेकी भारत विहारराज्य सहरसा जिल्ला बैजनाथपुर ग्रामपंचयात वडा नम्बर – ११ घरभएकी ४२ वर्षीय संगितादेवी मेहतालाई प्रहरी र स्थानियले उद्धार गगरिएको सोही ठाउँकाउमेश कुमार साहले जानकारी दिनुभयो ।
उद्धार गरिएको संगितादेवी मेहतालाई उनका छोरा अमित कुमार मेहताको जिम्मा लगाइएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्टसुभरनपट्टीका सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले बताउनुभयो ।संगितादेवी मेहताका छोरा अमित कुमार मेहताले सो क्रममा भन्नुभयो मेरो आमा बिगत १८ दिन देखि हराएर बेपता भएकोअवस्थामा आफनो घरमा रूवाबाँसी चलिरहेको थियो । तर केही समाजिक संजालमा मेरो आमाकोतस्बिर र ठेगाना सहित बोदेबर्साईन नगरपालिका ,सशस्त्र प्रहरी बल,ईलाका प्रहरी रपत्रकारहरुको पहल तथा सहयोगले गर्दा आजसकुशल हाम्रो जिम्मा लगइएकोमा आफु र आफना परिवार सारहे खुशी भएको भन्दै उहाँलेसबैलाई धन्यवाद ज्ञापन ब्यक्त गर्नुभयो ।
बोदे्बर्साईन नगरपालिकाको पहलमा संगिता देवी मेहतालाई बोदेबर्साईन नगरपालिकालेउपलब्ध गराएको एम्बुलेन्सबाट बोदेबर्साईन नगरपालिका वडा नम्बर ९ स्थित सुभरनपट्टिबोडरमा उनका छोरा अमित कुमारलाई सशस्त्रप्रहरी निरीक्षक उत्सव बिष्ट , नेपाल प्रहरी काहवल्दार कमल दुलाल , पत्रकार उमेश कुमार साह,स्थानीय सुरेन्द्र कुमार भगात लगायतकोउपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया