सिंहदरबारमा ओली-नेपाल पक्षको ‘निर्णायक वार्ता’ – Nagarikabhiyan : National News

सिंहदरबारमा ओली-नेपाल पक्षको ‘निर्णायक वार्ता’

काठमाडौं । नेकपा (एमाले) फुटको अन्तिम संघारमा पुगेका बेला दुवै पक्षबीच ‘निर्णायक वार्ता’ शुरु भएको छ।

सिंहदरबारस्थित संसद् सचिवालयको २ नम्बर भवनको ४११ नम्बर कोठामा वार्ता चलिरहेको छ। वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।

नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने अन्तिम तयारी गरेपछि ओलीले वार्ताका लागि आफ्ना दुई विश्वास पात्रलाई पठाएका हुन् ।

यसअघि आइतबार नै बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले कुनै ‘नाटकीय’ परिवर्तन नभए सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो।

नेपालसहित उनी पक्षका नेताहरू संसद् सचिवालय पुगेपछि ओलीले नेम्वाङ र पौडेललाई वार्ताका पठाएका हुन्।