शनिबार राती देखि सप्तरीमा निषेधाज्ञा
२५ बैशाख २०७८, शनिबार २०:२०
राजविराज । सप्तरीमा कोरोना महामारी तिव्ररुपमा बढी रहेको भन्दै स्थानिय प्रशासनले शनिबार राती १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा बैशाख २५ गते(शनिबार)देखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।
साथै बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ ।
निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
त्यस्तै प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसजन सञ्चालन गर्न स्थानियतहका प्रमुखलाई प्रजिअ पोखरेलले निर्देशन समेत दिनुभयो ।
सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका सहित १८ वटा स्थानिय तह रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।
यस्तै, कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गर्ने गरी मानिसलाई कोरोनाबाट जोगाउन स्वास्थ्य समाग्रीहरु प्रयोग गर्न सलाहा र सुझाब तथा माक्स लगाउन आग्रह गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सप्तरी जिल्ल्लामा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ । त्यस्तै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट हाल सम्मम मृत्यु हुनेको संख्या ४७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया