थप एक जना कोरोना संक्रमितको मृत्यु
२३ बैशाख २०७८, बिहीबार ११:३१
राजविराज । सप्तरीमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा आज मृत्यु भएको छ ।
विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा उपचारर्थ जिल्लाको छिन्नमस्ता गाउँपालिका वार्ड नम्बर ४ का ३७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
दुई दिन अगाडी विरामी परेपछि उनलाई उपचारको लागि सो अस्पतलामा भर्ना गरिएको थियो । सोही क्रममा परिक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताउनुभयो ।
यससँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै मंगलबार एक शिक्षकसहित थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया